• १३ चैत २०८२, शुक्रवार

पाँच बर्ष भित्र तिप्लिङसम्मको सडक पिच हुन्छ

नेकपा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनीले अबको पाँच बर्षमा तिप्लिङसम्मको सडक पिच हुने बताउनु भएको छ ।

नेकपा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनीले अबको पाँच बर्षमा तिप्लिङसम्मको सडक पिच हुने बताउनु भएको छ ।
एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत सोमबार गंगाजमुना गाउँपालिकाको गुम्दी चिमचोकमा सम्पन्न सभा एवं प्रशिक्षण कार्यक्रममा बोल्दै लोहनीले पाँच बर्षभित्र तिप्लिङसम्मकै सडक पिच गर्न आफूले पहल गर्ने बताउनुभएको हो ।

सो सडकमा आफु निर्वाचित भएपछि २० करोडको काम भएको बताउनुभयो । २०५४ सालमा आफु जिल्ला विकास समितिको सभापती भएको बेला सिकटारबाट सुरु गरेको सिकटार–बेलुङभञ्ज्याङ–फुलखर्क–रि सडकले गति लिएको भन्दै उहाँले यो आर्थिक बर्षमा पनि ४० करोड बजेट परेको र १४ किलोमिटर कालोपत्रेको लागि काम अगाडी बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पाँच बर्षअघि गाडीमा आईपुग्न नसकेका हामी अहिले गाडीमा आयौँ, किचेतमा ५ बर्ष भित्र बस पुग्नुपर्छ भनेर बोलेको कुरा पुरा भएको छ।’ लोहनीले आफु जनताको सेवक रहेको भन्दै यो देशलाई जोगाउन, जनतालाई सुख, शान्ति दिन, युवाहरुलाई रोजगारी दिलाउन एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

  • कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले उत्तरी धादिङको विकासको लागि एमाले र राप्रपा मिलेर गर्नका लागि चुनावी तालमेल भएकोे बताउनुभयो । लोहनी र तामाङले आज गुम्दीको चिमचोक, तावल, ताजिम्राङ, रिचेत, चोके लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।

Tags: