राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समनुपातिकतर्फका ७ सांसदको सूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ । राप्रपा उच्च स्रोतका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ ।
यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ । पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी
स्रोतका अनुसार अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले विवाद चर्किएमा यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत छ ।
विशेषगरी राप्रपामा पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये हो समानुपातिक सांसद बन्ने भन्नेमा तीव्र विवाद रहेको छ । सो विवादका कारण आजै बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई अन्तिम सूची तय गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।
सोही अनुसार लिङ्देनले नेताहरुसँग परामर्श गरेर नाम आयोगमा पठाएका हुन् । सूचीअनुसार बन्दसूची तयार गर्दादेखि नै आफ्नो नाम एक नम्बरमा हुनुपर्ने दाबी गर्दै आएका प्रकाशचन्द्र लोहनी संसद बन्न असफल भएका छन् ।
Login To Leave a Comment