• २२ मंसिर २०८२, आइतवार

क्रिस्टियानो रोनाल्डो साउदीको क्लबमा आबद्ध, तलब १७.७ करोड पाउन्ड

पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् ।रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ ।रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर सफल भएन । अन्तत: रोनाल्डो साउदीकै नासरसँग अनुबन्ध भए ।

रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ ।

रोनाल्डोले पनि क्लबमा आबद्ध भएपछि फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।

एक विवादास्पथ अन्तर्वार्ताका कारण रोनाल्डोले केही समयअघि मात्रै म्यान्चेस्टर युनाइटेड छोडेका थिए ।

Tags:

Related Post