• १३ चैत २०८२, शुक्रवार

फुटेका ५ भाइबीच छलफल

काठमाडौं । राजनीतिक दलका नेताहरुबीच भेटघाट तथा छलफल हुनु नौलो विषय होइन । तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विघटन भइसकेको दल तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच पटकपटक भइरहेको भेटको भने विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ ।


तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच गत असार १९ गते पहिलोपटक छलफल भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष तथा हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । 

Tags: