• २५ माघ २०८१, शुक्रवार

धादिङमा बँदेल आतंक, गाउँमा पसेर बाली सखाप पार्यो

धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा  बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ । 


धादिङका कृषकहरूको मुख्य आय श्रोत मकैबाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ । 

यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले कृषकको समस्यामा स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध सवै गम्भीर हुनुपर्नेमा जाेड दिए। 

Tags: