रुबीभ्याली, धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा ३ स्थित सदाच्येतमा पुस २७ देखि माघ २ गते सम्म मागे सक्रान्तिकोको अवसरमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । भने खेलमा सहभागी हुन चाहने इच्छुक टिमले पुस २७ गते देखि २९ गते सम्म टिम दर्ता गर्न सकिने छ ।
थोकर समाज एशोसिएसन नेपालले आयोजना गर्ने उक्त भलिबल प्रतियोगिताको साथमा बृहत् साँस्कृति कार्यक्रम पनि हुने बताईएको छ ।
साथै अन्तिम दिन हुने बृहत् साँस्कृति कार्यक्रमको प्रमुख आतिथ्य गाउँ पालिका अध्यक्ष रामसिङ तामाङले गर्नु हुने छ भने विशेष आतिथ्यमा उपाध्यक्ष फेलामा तामाङ रहनु हुने छ ।
त्यस्तै सभापतिमा जयराम तामाङ एबं उपसभापति पिलकच लामा तामाङ र कार्यक्रम संयोजक सुनार तामाङ रहनु हुने थोकर समाजका महा सचिव जयबिर तामाङले बताउनु भयो ।
Login To Leave a Comment