१०५ सांसदले दिए विश्वासको मत, मुख्यमन्त्री जम्कट्टेललाई
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० एवम् प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न उक्त विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा पेश गरेका थिए ।
त्यस्तै नेमकिपाले भने मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएन । बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठन वा टिकाउन बहुमत सांसदको समर्थन आवश्यक रहन्छ । मुख्यमन्त्री जम्कट्टेललाई सरकार टिकाउन ५६ जना सांसदको समर्थन भए पुग्छ ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई प्रदेशसभामा छलफल पछि निर्णायार्थ प्रस्तुत गरेका थिए ।
सभामुख पाठकले प्रदेशसभामा प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १०५ जना सांसदले हस्ताक्षर गरेका थिए भने उनको विपक्षमा ३ जना सांसदले हस्ताक्षर गरेका थिए ।
बागमती प्रदेशसभाको मंगलबारको बैठकमा कुल ११० सदस्य मध्ये १०९ जना उपस्थित रहेका थिए । एक जना सांसद भने अनुपस्थित रहे भने सभामुख र उपसभामुखले विश्वासको मत सम्बन्धी प्रस्तावमा भाग लिएनन् ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद रहेका छन् ।