• ११ माघ २०८१, शुक्रवार

रुबिभ्यालीको च्याम्रादेवि मा.वि.मा पहिलो कराते ग्रेडिङ कार्यक्रम सम्पन्न

सेर्तुङ, रुबिभ्याली, धादिङ । रुबिभ्याली गाउँपालिकाले खेलकुद क्षेत्रमा सुरुवात गरेको च्याम्रादेवि मा.वि.मा पहिलो कराते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।

सेर्तुङ, रुबिभ्याली, धादिङ । रुबिभ्याली गाउँपालिकाले खेलकुद क्षेत्रमा सुरुवात गरेको च्याम्रादेवि मा.वि.मा पहिलो कराते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
कराते खेलबाट विद्यार्थीहरुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने र अनुशासनमा बॅाधिनुका साथै विद्यार्थीहरुको खेलकुद करियर बनाउन मद्दत पुग्ने हेतुले खेल सुरु गरिएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङ बताए ।


त्यस्तै उपाध्यक्ष फेलामा तामाङले स्वास्थ जिवनको लागि खेल एउटा अभिन्न अंग रहेको बताए ।
रुबीभ्याली गाउँपालिकामा कराते खेल विकासका लागि पालिका भित्रका च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक चार विद्यालयमा प्रशिक्षकहरु ओमबहादुर तामाङ, सन्देश घले, रोशन घले र सन्जिता तामाङ नियुक्त रहेका छन् ।

भिडियो सहित


Tags: