• ११ माघ २०८१, शुक्रवार

रुबी भ्याली गाउँपालिका प्रमुख रामसिंह तामाङ र प्रधानमन्त्री प्रचण्ड बीच भेट

काठमाडौं । रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ र प्रधानमन्त्री प्रचण्ड बीच भेट भएको छ ।

भेटमा रुबी भ्याली गाउँ पालिकाको वर्तमान अवस्थाका बारेमा छलफल गर्दै केरुङ नाकामा रुबी भ्याली गाउँपालिकालाई पनि आवतजावत पासको लागि पहल गरिदिनको लागि अनुरोध गर्नुका साथै बिशेषत दुर्गम क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिकाको विकासमा बिशेष चासो दिन ध्यानाकर्षण गरिएको छ । प्रधानमन्त्रीले धादिङबेशीबाट रुबी भ्याली हुदै रसुवाको केरुङ नाका जाने सडकको स्तर उन्नतिमा बिशेष ध्यान दिने र नाका पासको लागि पनि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।


Tags: