• २२ मंसिर २०८२, आइतवार

पीएम कप क्रिकेटमा दीपेन्द्र सिंह ऐरीको शतक

काठमाडौँ,१३ कात्तिक । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले शतक बनाएका छन् ।


मुलपानी क्रिकेट मैदानमा उनले बागमती प्रदेश विरुद्ध ७७ बलमा नै शतक पूरा गरेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसका लागि चौथो क्रमका ब्याटर दीपेन्द्रले ७७ बलमा ११ चौका र ३ छक्का सहित शतक बनाएका हुन् ।


दीपेन्द्र ४४.५ ओभरमा टिमको स्कोर २५९ रन हुँदा व्यक्तिगत १०८ रनमा आउट भए ।  उनले अर्का ब्याटर आरिफ शेखसँग १३६ रनको साझेदारी गरे ।

Tags:

Related Post